क्रिसमस पर्व विश्वभर मनाइँदै, नेपालमा पनि रौनक

क्रिसमस पर्व विश्वभर मनाइँदै, नेपालमा पनि रौनक

  • बुधबार, पुस ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

९ पुस, काठमाडौं । विश्वभरका इशाई धर्मबलम्बीहरुले आज क्रिष्टमस(क्रिसमस) पर्व मनाउँदैछन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ ।

क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो । खासगरी पश्चिमा देशहरुमा क्रिष्टमस पर्वको विशेष रौनक देखिन्छ ।

यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।

क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ ।

काठमाडौंको ठमेललगायतका स्थानहरुमा गएराति क्रिसमस इभको हर्षोल्लास देखिएको थियो ।

विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिएको थियो ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ