काठमाडौंबाट चिनियाँ नागरिक पक्राउः ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’

काठमाडौंबाट चिनियाँ नागरिक पक्राउः ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं  । चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’ भनेको छ ।

मंगलबार पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार साइबर अपराधमा संलग्न रहेका चिनियाँहरुविरुद्ध नेपाल र चिनियाँ प्रहरीले संयुक्त कारबाही चलाएर पक्राउ गरिएको बताएका हुन् ।

उनले आफूसँग रहेको सूचनाअनुसार पक्राउ गरिएका चिनियाँहरु सीमापार साइबर अपराधका शंकास्पद व्यक्तिहरु रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गरे ।

‘यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सन्चालन गरिएको एक महत्वपूर्ण अपरेसन हो’–उनले भने ।

प्रवक्ता कङले चीनले सीमापार अपराध नियन्त्रण सँगसँगै धेरै क्षेत्रमा सहकार्य गरेर दुई देश अगाडि बढ्ने बताएका छन् । उनले अपराधीहरु सुपुर्दगी गर्ने सम्बन्धमा पनि जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ