देउवा निकट बिद्यार्थी नेताहरु एकाबिहानै पुगे बुढानिलकण्ठ, नेविसंघमा तत्काल नयाँ नेतृत्व ल्याउन माग

देउवा निकट बिद्यार्थी नेताहरु एकाबिहानै पुगे बुढानिलकण्ठ, नेविसंघमा तत्काल नयाँ नेतृत्व ल्याउन माग

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

८ पुष, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरुले पार्टी सभापति शेर बहादुर देउवालाई भेटी तत्काल नयाँ नेतृत्वको माग गरेका छन् ।

नेवि संघका निवर्तमान केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौंडेलको नेतृत्वमा आज देउवा निवास बुढानिलकण्ठ पुगेका विद्यार्थीहरुले अविलम्व नयाँ नेतृत्व ल्याइ संगठनलाई शसक्त बनाउन माग गरेका हुन् ।

विद्यार्थी नेताहरु तपन खड्का, नेपाल कमर्स क्याम्पस, मीनभवनका इकाइ सभापति विष्णु खड्का, आरआर क्याम्पसका स्ववियू सदस्य सुनिल शर्मा, जनमैन्त्री क्याम्पसका इकाइ अध्यक्ष निराजन शाही, सिटीइभीटीका इकाइ उपसभापति जीवन सुवेदी लगायतका तीन दर्जन बढी विद्यार्थीहरु आज विहानै देउवा निवास पुगेर आसन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन र संगठन भित्र देखिएको सुस्ततालाई मध्यनजर गर्दै तत्काल नयाँ नेतृत्व ल्याउन माग गरेका हुन् ।

भेटमा सभापति देउवाले नेवि संघप्रति आफू गम्भीर भएको बताउँदै पुस १० गतेको केन्द्रिय समितिको बैठकबाट नयाँ नेतृत्वको छिनोफानो गर्ने प्रतिबद्धता जनाएको निवर्तमान केन्द्रीय सदस्य गौंडेलले जानकारी दिनुभयो ।

सभापति देउवाले सरकारले गरिरहेको भ्रष्टाचार, बेथिति र अराजकताका विरुद्ध शसक्त रुपमा विरोध गर्न विद्यार्थीहरुलाई निर्देशन समेत दिनुभयो ।

काग्रेसको केन्द्रीय समिति बैठक पर्सि पुस १० गते बोलाएको छ । तर आन्तरिक विवाद हल नभएकोले बैठक बस्ने नबस्ने भन्नेबारे अन्यौल रहेको छ ।
संस्थापन पक्ष र इतरपक्षबीचको आ आफ्नै अडानका कारण केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदे आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान भित्र रहेर मात्रै सहमती गर्ने जनाएसँगै काग्रेसभित्रको विवाद थप जटिल बन्दै गएको छ । हिजो भएको पौडेलपक्षको छलफलमा विधान अनुसार नै सभापति देउवासँग छलफल र सहमती गर्ने निर्णय भएसँगै विवाद तत्काल हल हुनेमा आशंका पैदा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ