छोरालाई स्कुल पुर्याउन गएका बावुको गाडिको ठक्करबाट मृत्यु

छोरालाई स्कुल पुर्याउन गएका बावुको गाडिको ठक्करबाट मृत्यु

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

पुष ८, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरिमा आज छोरालाई मोटरसाईकलमा राखेर स्कुल पुर्याउन जाँदै गरेका अर्जुन कुमार केसीको गाडिले ठक्कर दिदाँ मृत्यु भएको छ ।

काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसको ठक्करबाट एक छात्राको मृत्य भएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा गाडीको ठक्करबाट केसीको मृत्यु भएको हो भने छोरा घाइते भएका छन् ।

पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका केसीको आज बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएको र उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।

सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव उठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् ।

घटनास्थलमा तनाव भएपछि अवस्थामा नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ