आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार इच्छुक छैनः अध्यक्ष शर्मा

आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार इच्छुक छैनः अध्यक्ष शर्मा

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

धुलिखेल, ७ पुस।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको बताउनुभएको छ ।

मानवअधिकार आयोग र मानवअधिकार पत्रकार सङ्घद्वारा संयुक्त रुपमा धुलिखेलमा आयोजित ‘मानवअधिकारः पत्रकारितासम्बन्धी’ तीन दिने गोष्ठीको आज समापन समारोहमा उहाँले भन्नुभयो, “सरकाले आयोगको सिफारिस कार्यान्वयन नगर्नुका मुख्य कारण द्वन्द्वकालका घटनामा मुद्दा चलाउनुपर्ने हुन्छ, तर सरकार त्यो चाहदैन ।”

अध्यक्ष शर्माले भन्नुभयो, “आर्मीमाथि मुद्दा चलाउन सरकार इच्छुक छैन, त्यसैले कार्यान्वयन भएनन्, आयोगलाई दबाब दिनेबाहेक अरु कुनै अस्त्र रहेनन् ।”

उहाँले मानवअधिकार उल्लङ्घन र द्वन्द्वकालका घटनामा सुरक्षा निकाय र प्रशासक दोषी देखिने भएकाले सिफारिस कार्यान्वयनमा सरकारले ढिलासुस्ती गर्ने गरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष शर्माले छिमेकी मुलुक भारतमा मानवअधिकार आयोगले गरेको सिफारिस ९६ प्रतिशत कार्यान्वयन हुन्छ तर हामी कहाँ १२ प्रतिशत सिफारिस मात्र कार्यान्वयनमा आएको देखिन्छ भन्नुभयो ।

नेपालको सङ्क्रमणकालीन न्याय निरुपणमा ढिलाइ भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक दलको आशय मुद्दा नचलाउने भएको हुँदा पीडितले न्याय पाउन ढिलाइ भएको बताउनुभयो ।

मानवअधिकार पत्रकार सङ्घ ९हुर्जा० का अध्यक्ष घनश्याम खड्काले मानव अधिकारको विषय अहिलेसम्म कुनै पनि पाठ्यक्रममा नराखिएको बताउँलै यसलाई विद्यालय र क्याम्पसका पाठ्यपुस्तकमा राखिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सिनाले तीन दिनको गोष्ठीले मानवअधिकारको विषयमा धेरै बुझ्ने अवसर मिलेको र आगामी दिनमा समाचार लेखनमा मानव अधिकारका विषयलाई विशेष ख्याल गर्ने बताउनुभयो ।

यही पुस ५ गतेदेखि सञ्चालन भएको गोष्ठीमा प्रदेश नं। ३ का १३ वटै जिल्लाका पत्रकारको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ