विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य वीरजंगसहित २१ जना कारागार चलान

विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य वीरजंगसहित २१ जना कारागार चलान

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

७ पुस, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘वीरंजग’ सहितका २१ जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङले साेमवार जनही १५/१५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गर्ने तयारी गरेपछि उनीहरू धरौटी नबुझाएर कारागार चलान भएका हुन् ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले वीरजंगसहित २१ जनालाई नै १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नेताहरु वीरजंग, केशबहादुर बाँठालगायत २१ जना दाङको राजपुर, मगराइनाबाट पक्राउ परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ