उपत्यका प्रहरी प्रमुखमा बिश्वराज पोखरेल, आफुलाई थप जिम्मेवार बनाएको प्रतिकृया

उपत्यका प्रहरी प्रमुखमा बिश्वराज पोखरेल, आफुलाई थप जिम्मेवार बनाएको प्रतिकृया

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, पुस ७ । महानगरिय प्रहरी कार्यालय रानिपोखरीका प्रमुखमा प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेललाई पठाएको छ । यसअघि उहाँ केन्द्रीय प्रबक्ताको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएकाे थियाे ।

बुधबार गृह मन्त्रालयले दुई जना प्रहरी नायब महानिरीक्षक को सरुवा गरेको हो । गृह मन्त्रालयले पहिलाका उपत्यका प्रमुख शैलेस थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा केन्द्रीय प्रबक्ताको जिम्मेवारी दिएको छ ।

उपत्यका प्रमुखको जिम्मेवारी पाएका पोखरेलले उपत्यकाको सुरक्षा प्रमुखको जिम्मेवारी पाएपछि आफुलाई थप जिम्मेवार बनाएको बताउनु भयाे ।  प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेलले आज ७ गते सोमबार देखि उपत्यकाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकाे छ ।

महानगरिय प्रहरी कार्यालय पुगेका उपत्यका प्रमुख पोखरेललाइ काठमाडौ , भक्तपुर र ललितपुर प्रहरी परिसर प्रमुखहरुले स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ