बसकाे ठक्करबाट विद्यार्थी घाइतेः चावहिल क्षेत्र तनावग्रस्त, गाडीमा तोडफोड र आगजनी

बसकाे ठक्करबाट विद्यार्थी घाइतेः चावहिल क्षेत्र तनावग्रस्त, गाडीमा तोडफोड र आगजनी

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, ७ पुस । काठमाडौंको चावहिल क्षेत्रमा गाडीले विद्यार्थीलाई ठक्कर दिएर भागेपछि साे क्षेत्र तनावग्रस्त भएको छ ।

पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध साथै अन्य सवारी साधनमा आगजनी समेत गरेका छन् ।

घाइते पन्तको अहिले उपचार भइरहेको छ । बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो ।

ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी र अर्को तोडफोड  गरेका छन् ।

विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ