नेपालसहित उत्तरी ध्रुवका देशहरुमा आज बर्षकै छोटो दिन

नेपालसहित उत्तरी ध्रुवका देशहरुमा आज बर्षकै छोटो दिन

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, पुस ६ ।
नेपाल लगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुनेछ ।
पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।

यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरीएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले बताउनुभयो ।
सरकारी पात्रोहरुमा पनि आजको दिनलाई सायन मकर संक्रान्ति या मकर दृश्याङ्क भनेर जनाइएको हुन्छ । भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जानेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ