भूमी सम्वन्धीको ऐन अन्तिम चरणमा, फिल्डमै लालपुर्जा वितरण गर्छौः मन्त्री अर्याल

भूमी सम्वन्धीको ऐन अन्तिम चरणमा, फिल्डमै लालपुर्जा वितरण गर्छौः मन्त्री अर्याल

  • शनिबार, पुस ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चितवन पुष ५ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भुमी सम्वन्धी ऐन पारित भई सवै प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

आज रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले प्रयोग गर्दै आईरहेको जग्गाकै लालपुर्जा उनीहरुलाई वितरण गरिने बताउनु भएको हो । तर वनको एउटा रुख समेत नकाटिने उहाले वताउनु भयो ।

केही तत्वहरु तल आएर सुकुम्वासीलाई उचाल्ने र सदनमा विरोध गर्दा समेत ऐन पारित भईरहेको भन्दै उहाले वर्तमान सरकारले नै सुकुम्वासीलाई लालपुर्जा दिने उद्घोष गर्नुभएको छ । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको गरेको प्रति प्रसंसा गर्दै मन्त्री अर्यालले यहाँ सुकुम्वासीको पूर्ण विवरण समेत उतारिसकेकाले यहीबाटै पुर्जा वितरण गर्ने संकेत गर्नुभएको हो ।

३ नम्वर प्रदेशका साँसद कृष्ण प्रसाद खनालले चितवन भुमीहिन, सुकुम्वासी र अव्यवस्थितहरुको वाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराउनु भएको थियो । बाढी र सुकुम्वासीको नाममा राजनिति गरेको भन्दै अव पुर्जा वितरण नगरे जनताले माफी नदिने साँसद खनालको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ