हामीले धरानमा वामपन्थी किल्ला ढालेको हैन,निर्वाचन जीतेको होः तिलक राई,मेयर

हामीले धरानमा वामपन्थी किल्ला ढालेको हैन,निर्वाचन जीतेको होः तिलक राई,मेयर

  • शनिबार, पुस ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

पूर्वको सुन्दर नगरी धरानलाई कम्युनिष्ट किल्लाको रुपमा हेरिन्थ्यो । दशकौं देखिका सबै जसो निर्वाचन खास गरी पूर्व एमालेले जीत्दै आएको थियो । ६४ सालको सविधान सभाको निर्वाचनमा पूर्व माओवादीका किरण राईले जीतेका थिए । त्यस पछि फेरी एमाले हावी हुदै आएको धरानमा गत स्थानीय र प्रदेश निर्वाचनमा पनि एमालेले नै जीतेको थियो । तर एमालेका मेयर तारा लिम्बुको निधन भए पछि मंसीर १४ गते भएको उपनिर्वाचनमा अप्रत्यासित रुपमा नेपाली काग्रेसका तिलक राईले मेयरमा बाजी मारे पछि यो विषय नेकपाको स्थायी समितिको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा समेत उल्लेख भएको छ । यसलाई नेकपाले एउटा पराजय,पाठ र कमजोरीका रुपमा औल्याएको छ । सत्तारुढ नेकपालाई माथ खुवाउने गरी धरानमा निर्वाचन जीतेर मेयर बनेका तिलक राईसगँ सिर्जना तिम्सिनाले गरेको कुराकानीको सम्पादित अंश:

धरानको वामपन्थी किल्ला ढालेर निर्वाचन जीत्नु भयो कस्तो लागिरहेको छ ?
अब यो धरान कसको किल्ला हो भन्ने कुरामा मेरो केही कुरा छैन । धरानमा हामीले वामपन्थी किल्ला ढालेको भनेका पनि छैनौ तर हामीले धरानमा निर्वाचन जीतेको साँचो कुरा हो । यसमा जनताको मत, भावना अनुसार हामीले काम गरेकाले र अब केही गर्छ कि भनेर जनताले विस्वास गरेर मत दिएका हुन् । अहिले मेरो ध्यान त्यसैमा केन्द्रीत छ ।

तपाईको जीतको कारण के हो ?
म यही धरानमा जन्मिएको र निरन्तर काम गरीरहेको मान्छे हो । धरान नगरवासीको समस्याको बिषयमा म जानकार थिए । अहिले धरानमा जे जति समस्याहरु देखिएका छन् यसको समस्या समाधान गर्न सक्छ कि भनेर जनताले विस्वास गर्नु मुख्य कारण हो । अर्को कुरा पार्टीको संगठनलाई पनि गत वर्ष देखि नै व्यवस्थित बनाउदै लगेका थियौ त्यो पनि हो । अर्को कुरा जनताको कुरामा यस अघिका जनप्रतिनिधिले नै अवमुल्यन गरेका हुन् कि वा भनेका कामहरु नभएका कारणहरु नै मेरो जीतको कारण हो ।
धरानमा थुप्रै समस्याहरु छन् खानेपानी,सर्दुजलाधार, बसपार्क जस्ता यसलाई कसरी समाधान गर्ने सोच्नु भएको छ ?
हिजोका जनप्रतिनिधिहरुले जनतालाई नजरअन्दाज गरेका थिए । जनतामा , अन्य राजनीतिक दलसगँ छलफल गरेनन् । मेरो सुत्र भनेको चाहीँ जनताको कुरा सुन्ने छलफल गर्ने र सहमतिका साथ अघि बढ्ने हो । अहिलेको यी भनिएका अधुरा योजनाहरुमा विवादीत बन्नुको कारण नेतृत्व तहको स्वार्थ पनि हो ।
तर यसलाई सार्थक बनाउन मेरो व्यक्तिगत स्वार्थ नराखी कन छलफल र सहमति बाट धरानका अधुरा र विवादीत योजना अघि बढाउन सक्छु भन्ने मेरो विस्वास छ ,

पहिलो निर्णयकै रुपमा तपाईले कर पुनरावलोकन गर्ने भनेर घोषणा गर्नु भएको छ ? त्यो कसरी गर्नु हुन्छ ?
कर घटाउने भन्दा पनि समायोजन गर्ने , वैज्ञानिक र व्यवहारीक बनाउने भन्ने हो । यसमा हामीले एउटा कार्यदल बनाएका छौं । त्यसमा विज्ञहरु छन् । त्यो कार्यदलले केन्द्रका , प्रदेशका अर्थ विज्ञहरुसगँ छलफल गरेर व्यवहारीक र वैज्ञानिक बनाउने योजनामा छौं हामी ।
अहिले पनि धरान नगरमा सत्तारुढ नेकपाकै बहुमत छ , तपाईको योजना कार्यन्वयन गर्न कत्तिको सजिलो हुन्छ ?
यहाँ कुनै पार्टीको हैन , जनताका मुद्धा छन् । पानी, बसपार्क, सबै मुद्धा जनताको हो । यसलाई सही ढंगले पेश गरे पछि त पारित नहुने कुरा हुदैन होला शायद ।
तपाईले मेयर पदमा जीते पछि सत्तारुढ पार्टीले विज्ञप्ति जारी गरेर धरानमा कर घटाउन दवाव दिईयो , जब कि त्यो उनीहरुकै नेतृत्वले बढाएको थियो , यो कस्तो राजनीतिक रुप हो ?
यो दवाव भन्दा पनि मलाई सहयोग भयो । प्रतिपक्षीले पनि कर घटाउनु पर्छ भन्नु त यो अव्यवहारीक छ भन्ने मैले भन्दै आएको कुरालाई पुष्टी गर्यो । तर तपाईले भने जसो आफैले बढाउने तर सत्ताबाट हटे पछि अर्को नेतृत्व आउदा कर घटाउनु पर्छ भनेर विज्ञप्ति दिनु एक खालको राजनीतिक मुद्धा बनेको हुन सक्छ । आग्रह पुर्वाग्रह हुन सक्छ तर यो मेरा लागि सहयोग नै हो ।

धरानका सुकुम्वासीको समाधान कहिले र कसरी हुन्छ ?
सुकुम्वासी समस्या पनि सबैको साझा समस्या हो । स्थानीय सरकारले व्यवस्थापनको तयारी गर्छ र केन्द्रमा पठाए पछि त्याहाबाट टुगो लाग्छ । सामुहिक रुपले यो हल हुन्छ ।
धरानमा विमानस्थलको चर्चा पनि चर्चैमा रहीरहेको छ अब के हुन्छ ?
धरानमा विमानस्थल बनाउन राज्य चाहदैन । जनताले हाम्रो आवस्यकता भनिरहेका छन् । राज्यले प्राविधिक कारणले यो विमानस्थल बन्दैन भनिरहेको छ । अब बन्छ भने त्यही तरीकाले अघि बढाउछौ, बन्ने सभावना छैन भने हामी स्पष्ट गरेर अघि बढ्छौं । विमानस्थल बनेन भने विमानस्थलका लागि जग्गा दिने हरुको जग्गा के मा प्रयोग गर्ने हो त्यो निश्चित गरिन्छ ।
अन्त्यमा केही भन्नु हुन्छ ?
म सबै मतदाताहरुलाई जिताउनु भएकोमा धन्यवाद दिन चाहन्छु । र विस्वास गर्न आग्रह गर्दछु कि अब अढाई बर्ष विस्वास गर्नुस् हामी केही काम गरेर देखाउछौं भन्न चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी