क्यान्सर अस्पतालका डा. श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

क्यान्सर अस्पतालका डा. श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

  • शुक्रबार, पुस ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, पुस ४ । नेपाल प्रहरीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वि.सं. २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कनेक्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा. श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगन्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौंडाको वि.सं. २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई ९ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेको उहाँले बताउनु भयो ।

डा. श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौं, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ