शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित

शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित

  • शुक्रबार, पुस ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, पुस ४ । केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित भएको छ ।

अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा समस्यामा परेका छन् । विगतका वर्षहरुका तुलनामा यो वर्ष तराईमा एक महिनाअघि नै शीतलहर देखापरेको छ ।

बाक्लो हुस्सुले आकाश ढाकेका कारण तराइवासीले केही दिनयता घामसमेत देख्न पाएका छैनन् । कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाहरुमा शीतलहरको प्रभाव बढी देखिएको छ ।

यस्तै, मध्य तराई र पूर्वी तराईका केही ठाउँमा पनि हुस्सु र कुहिरोसँगै पानीका थोपा झर्न थालेको छ । मौसमविद्काअनुसार अझै एक÷ दुई दिन यी क्षेत्रमा शीतलहर कायम रहनेछ ।

हुस्सुले गर्दा बाटो स्पस्ट नदेखिने भएकाले सडक दुर्घटनाको जोखिमसमेत बढेको सर्लाहीका प्रहरी सहायक निरीक्षक परशुराम घिमिरेले बताउनु भयो ।

बाक्लो तथा न्यानो लत्ताकपडा पर्याप्त नहुँदा विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका चिसोका कारण बढी प्रताडित बनेका हुन् । अत्यधिक चिसोका कारण विद्यार्थीको उपस्थिति न्यून भएपछि कतिपय ठाउँमा शैक्षिक संस्था पनि बन्द गरिएको छ ।

चिसो बढेसँगै स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप बढ्न थालेको ब्रह्म भूमि हेल्थ रिसर्च सेन्टर सर्लाहीका डा. दीपनारायण झाको भनाइ छ ।
अर्कोतर्फ शीतलहरकै कारण बजारमा किनमेल गर्नेहरुको चहलपहल समेत ह्वात्तै घटेको छ । शीतलहरको प्रभाव बालीनालीमासमेत परेको छ ।
शीतलहरका कारण आलु, गोलभेडा, तोरीलगायतका तरकारी बालीमा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ