तुल्सीपुर, ३ पुस ।
दाङमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालीका ७ सिवनगरकी १२ बर्षिय विजिता के.सी. रहेकी छिन् ।
उनलाई आज बिहान पौने १० बजे तुलसीपुर ५ गोदाम नजिकैरा १ त १४ ३५ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेर गम्भिर घाईते के.सी.को उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
बालीका केसी स्थानीय तुल्सी आवासिय माध्यमिक विद्यालयमा कक्षा ८ मा ढ्ने छात्रा हुन् ।
सोहि दुर्घटनामा अर्की १४ बर्षिया बालिका मनिषा ओली घाईते छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline