उदयपुरमा बोलेरो गाडी सडकबाट खस्योः ४ जनाको मृत्यु, २ घाईते

उदयपुरमा बोलेरो गाडी सडकबाट खस्योः ४ जनाको मृत्यु, २ घाईते

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

उदयपुर, ३ पुस ।

उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको क्प्ण्ज्ञएद्य घण्टड नम्बरकोको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका -३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष ६१ को टिक नारायण श्रेष्ठ, बर्ष ४७ को ढक बहादुर मगर , बर्ष ४७ को मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

साथै मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पूर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किम बस्ने बर्ष २८ को पवन राईलाई उपचारकोलागी नोवेल अस्पताल विराटनगर ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ