काठमाण्डौ, ३ पुस ।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ सहित ९ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरेको छ ।
काठमाण्डौ नागार्जुन नगरपालिका ९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम बुढाथोकी सहित ९ जनालाई उक्त रकम सहित पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिए । द्दटनाबारे अनुसन्धान भइृरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline