तराईमा शीतलहर र हुस्सुः जनजीवन प्रभावित, केही जिल्लामा विद्यालय बन्द

तराईमा शीतलहर र हुस्सुः जनजीवन प्रभावित, केही जिल्लामा विद्यालय बन्द

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सर्लाही, ३ पुस । केहिदिनदेखिको शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित बनेको हो ।

चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ ।

विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सालगायतका जिल्लाहरुमा शीतलहरको असर बढी परेको छ ।

शीतलहरका कारण अत्याधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आज र भोलि बन्द गर्ने निर्णय भएको छ ।

सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको हो ।

शनिबारको मौसमी अवस्था हेरेपछि थप के गर्ने भन्ने बिषयमा भने निर्णय लिइने उपमहानगरपालिकाका मेयर निर्प ओडले जानकारी दिनुभयो ।
उता भिमदत्त नगरपालिका कञ्चनपुरले पनि चिसोका कारण आज र भोलि बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

आज पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गर्नुभयो ।

भोली शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।

यता, हुस्सु लाग्न थालेपछि सर्लाहीसहित तराईका जिल्लाका किसान चिन्तित भएका छन् । हुस्सुले तोरी, गोलभेंडा, आलु, लहरी जस्ता बालीमा क्षति र्पुयाउने भएपछि किसान चिन्तित भएका हुन् ।

तोरी फूल्ने बेला हुस्सु लाग्न सुरु भएपछि लाइ र कीराको प्रकोप देखिने भन्दै ईश्वरपुर नगरपालिका–७ का किसानलाई चिन्तित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ