पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ नेपालीले विदेशी भूमिमा ज्यान गुमाए

पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ नेपालीले विदेशी भूमिमा ज्यान गुमाए

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

पुस ३, काठमाडौं ।
पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरु शव बनेर फर्किएका हुन्।

त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ अर्ब ११ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ। यसलाई आधार मान्दा हरे दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुक भित्रन्छ।

त्यसको बदलामा राज्यले दिनको औसत दुई अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याइरहेका समाचार नयाँ पत्रिका दैनिकमा छ। पाँच वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५१० युवा विभिन्न मुलुक गएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै पाँच लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन्। सो अवधिमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७५३ कामदारले ज्यान गुमाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी