त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त आज

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त आज

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पुस ३, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिभुवन विश्वविद्यालयका अनुसार कार्यक्रम पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने छ।

त्रिविले यसअघि कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै गर्दै आएको छ।

परीक्षा नियन्त्रण बल्खुका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका छन्।

अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको त्रिविले जनाएको छ। त्रिविले यसपटकको दीक्षान्तमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ