राम्रो काम हुनुलाई वा भनेको कुरा पुरा हुनुलाई चन्द्रमा दाहिने भएका कारण भन्ने चलन छ समाजमा । यस पटक नेकपा भित्र अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड कसका लागि दाहिने बन्ने हुन् त्यसले भविष्य सुनिश्चित हुने छ ।
एमाले समुहबाट बलिया दावेदारका रुपमा पूर्व सभामुख सुभाष नेम्वागं देखिन्छन् भने पूर्व माओवादी समुहबाट अग्नी सापकोटा सहितका नेताहरु ।
उनीहरुले धुम्बाराहीमा स्थायी समितिको बैठक बसेकै बेला प्रचण्डलाई खुमलटार निवासमा सामुहिक रुपमा भेटेर पूर्व एमालेसगँ नझुक्ने , सभामुख छाड्न नहुने भन्दै प्रचण्डलाई सचेत गराएका थिए ।
तर अब अहिलेको नेकपा न पूर्व एमालेको हो न पूर्व माओवादीको यो साझा पार्टी भयो । अध्यक्षहरुले आफ्नो र अर्काको भनेर खुलेर छुट्याउन नमिल्ने अवस्था छ । यस्तोमा प्रचण्ड र ओलीले कसलाई ईसारा गर्ने हुन् अब केही दिनमै सभामुखको कुर्सीमा उसको स्थान्तरण हुने निश्चित छ ।
अर्कोतिर उपसभामुख शिबमाया तुम्बाहाम्फे पनि सभामुख आफूले नै पाउनु पर्ने अडानमा रहेकी छन् ।
४ गते सदनको हिउदे अधिवेशन आव्हान भईसकेको अवस्थामा सभामुखको बिषय छिटो निक्यौृल गर्न नेताहरुमाथि दवाव बनिरहेको नेकपाका एक नेताले बताए । पूर्व सभामुख कृष्ण बहादुर महरा यौन दुरव्यवहारका कारण जेल चलान भए पछि नयाँ सभामुखको खोजी भएको हो ।