विश्वमा हिन्दुत्वको जागरण हुन थाल्योः गोखले

विश्वमा हिन्दुत्वको जागरण हुन थाल्योः गोखले

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा परिवार मिलन कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्त राज्य अमेरिकाबाट पाँच दिनको नेपाल प्रवासमा आएका संघका अन्तर्रा्ष्ट्रिय संयोजक सौमित्र गोखलेको विशेष उपस्थितिमा काठमाडौँ उपत्यकामा भएका कार्यकर्ता परिवारको समागम गरिएको हो ।
पूर्व एआईजी कल्याण तिमल्सिनाको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता गोखलेले संघको कार्य विश्वका विभिन्न ४५ देशमा चल्दै गरेको बताए । आफू स्वयं अमेरिका, क्यानाडा, क्यारीबियन देशहरूमा संघको प्रचारक रही कार्य गरेका गोखलेले आजको समयमा विश्वमा हिन्दुत्वको जागरण हुन थालेको बताए ।
विश्वले झेल्नुपरेको स्वास्थ्य, पारिवारिक विखण्डन, सामाजिक विद्वेषदेखि अनैतिक प्रतिस्पर्धा, आतंकवाद अन्त्यका लागि विश्वको दृष्टि आज हिन्दू दर्शन, हिन्दू चिन्तन, योग, आयुर्वेद, संस्कृत आदितर्फ मोडिएको उनले जानकारी गराए ।
शिक्षा, स्वास्थ्य, व्यापार मात्र नभएर समाजहितको कार्यमा पनि हिन्दू समाजको योगदानलाई आज विश्वका विभिन्न राष्ट्रले स्वीकार्न थालेको गोखलेले बताए । यस्तो परिवर्तनमा हिन्दू स्वयंसेवक संघसहित विभिन्न हिन्दू आध्यात्मिक, सांस्कृतिक संगठनहरूको विशेष योगदान रहेको उनले उल्लेख गरे ।
कार्यक्रमको संयोजन राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डेयले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ