काठमाडाैं, १ पुस ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलाेमात्रामा लागुऔषधसहित एक जना बिदेशी नागरिक पक्राउ परेका छन् ।मंगलवार बिहान तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेकी हुन् ।
राहदानी नम्बर सिई २८०७२ बाक ४१ वर्षीया हेरेरा एर्टेगा ओल्गालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा पक्राउ गरिएको ब्युरोले जनाएको छ।
उनले बोकेको सुटकेसभित्र उक्त परिमाणको लागुऔषध फेला परेको र यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । यसबारेमा व्ूराेले भाेली बुधवार पत्रकार सम्मेलन गरी सार्वजनीक गर्ने तयारी गरेकेा स्राेतले जनाएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline