बिहेकाे अघिल्लाे दिन बेहुला लागूऔषधसहित पक्राउ परेपछि……

बिहेकाे अघिल्लाे दिन बेहुला लागूऔषधसहित पक्राउ परेपछि……

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

१ पुस, विराटनगर । धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परेका छन् ।लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगेर फर्कदैगर्दा पक्राउ परेका हुन् ।

उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७–७ पिस एभिल र डाइजोपाम बरामद भएको प्रहरीले जनाएको छ ।

उनी इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा परेका हुन् । घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए । भाेलीपल्ट दुलहि लिन जानुपर्नेमा उनी अघिल्लाे दिन प्रहरी खाेरमा पुगे ।

तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् । र प्रहरीले नै उनलाइ लिएर गयाे र विवाह सम्पन्न गराएर पुन थुनामा नै राख्न लिएर गयाे । आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो ।

बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ । धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ