सौतेनी छोरीलाई तरकारीमा विष राख्दा राधिकाले आफ्नै ज्यान गुमाइन्, पाँचजना सिकिस्त

सौतेनी छोरीलाई तरकारीमा विष राख्दा राधिकाले आफ्नै ज्यान गुमाइन्, पाँचजना सिकिस्त

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

वीरगन्ज, १ पुस ।  वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा जगदीश कुर्मीकी कान्छि श्रीमती राधिकाकाे मृत्यु भएकाे छ ।  परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा राधिकाकाे महिलाको मृत्यु भएको हो। भने अन्य पाँचजना सिकिस्त छन्।

उनीहरूकाे वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमती राधिका देवी र जेठी श्रीमतीकी छोरी मनिषा पटेलबीच झगडाको भएको थियो।

त्यही झगडाको आक्रोशमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन्। विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्।

विषादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगन्जको तराई हस्पिटलमा पुर्‍याइएको थियो ।तराई हस्पिटलमा उपचारकै क्रममा राधिका देवीको मृत्यु भएको हो।

विषादी हालिएको तरकारी खाँदा राधिकाका छोरा ३ वर्षीय विवेककुमार तथा सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् ।

उनीहरुको तराई हस्पिटलमा उपचार सम्भव नभएपछि सोमबार राती थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । पाँचैजनाको अवस्था जटिल रहेकाले आइसीयूमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए ।

प्रहरी निरीक्षक साहका अनुसार १४/१५ वर्ष पहिले जेठी श्रीमतीको मृत्युपछि जगदीशले कान्छी श्रीमतीका रुपमा राधिकालाई भित्र्याएका थिए। ‘सोमबार बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनीकी छोरी मनिषाबीच भनाभन पछि झगडा भएको र त्यसैको आक्रोशमा राधिकाले राती खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक साहले बताए ।

मृतक राधिकाका श्रीमान् जगदीश परवानीपुरको कपडा उद्योगमा काम गर्छन्। जगदशीलाई प्रहरी कार्यालयमा झिकाएर घटनाका बारेमा अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ