नवनिर्वाचित सांसद विद्या भट्टराईबाट शपथ

नवनिर्वाचित सांसद विद्या भट्टराईबाट शपथ

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ ।
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको हो ।

प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उहाँ कास्की निर्वाचन क्षेत्र नं।२ बाट निर्वाचित हुनुुभएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो ।

सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुनुुहुन्छ । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उहाँ विजयी हुनुुभएकोे हो ।

शपथपछि सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुुभयो– “संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछुु ।”

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, सङ्घीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित हुनुुहुुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ