तत्कालीन संविधानसभा सदस्य ढुङ्गेलको निधन

तत्कालीन संविधानसभा सदस्य ढुङ्गेलको निधन

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ । मस्तिष्कघात भएपछि गत आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचारत उहाँको आज दिउँसो ३ः१५ बजे निधन भएको स्थानीयवासी रामहरि थापाले जानकारी दिनुभयो ।

विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्व ढुङ्गेलका भतिजा रञ्जनराज ढुङ्गेलले जानकारी दिनुभयो ।

विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनु भएका उहाँले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वाचित हुनु भएको थियो । उहाँले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालाई खानेपानी खुवाएपछि उहाँलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।

गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका ढुङ्गेलका तीन छोरा छन् भने श्रीमती सुशीलाको गतवर्ष निधन भएको थियो । ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस भक्तपुरले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ