न्यूरोडस्थित विशाल बजारमा १० करोड भ्रष्टाचार

न्यूरोडस्थित विशाल बजारमा १० करोड भ्रष्टाचार

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पुस १, काठमाडौं। विशेष अदालतले न्यूरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैंयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।

भाडा र विल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरुलाई जरिवाना तथा कैद हुने फैसला गरेको छ ।

‘विशाल बजारको पसल तथा कवल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको पुष्टि भयो । अनि सस्तोमा भाडामा लिएर अन्य ब्यक्तिलाई फेरि वहालमा दिएको देखियो ।

कम्पनीको कोषबाट स्वेच्छाचारी रुपमा खर्च गरेको देखियो’, विशेष अदालतको फैसलामा भनिएको छ, ‘विशाल बजारजस्तो कम्पनीलाई ठूलो आर्थिक हानि÷नोक्सानी पुग्न गएको स्पष्ट देखिन आयो ।’

विशेष अदालतको फैसलामा कम्पनीका संचालकहरुबाट विशाल बजारलाई ९ करोड ७४ लाख ८० हजार रुपैंयाँ नोक्सानी भएको उल्लेख छ । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ