युवतीलाई जबरजस्ती यौन कार्यमा लगाउने तीन जना पक्राउ

युवतीलाई जबरजस्ती यौन कार्यमा लगाउने तीन जना पक्राउ

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाण्डौं मंसीर ३० । युवतीहरुलाई जबर्जस्ती यौन कार्यमा लगाउदै आएका तीन जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्री र सुनसरी धरानकी २४ वर्षीया रोशिका राईलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरुको पनि जुगेडीको सोही होटलबाट उद्धार गरिएको हो ।
होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो’ चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए ।
ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती यौन कार्यमा संलग्न गराउने गरेको पत्ता लागेको एसपी मल्लले बताए । ‘रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएको खुलेको छ’ एसपी मल्लले भने। उनीहरु शनिबार समातिएका हुन् ्।
जुगेडीको उक्त होटलमा यौन गतिविधि हुने भूमिगत कोठा पनि रहेको मल्लले बताए। पिडित युवतीका आफन्तले पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिएको एसपी मल्लले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ