मंसिर ३० काठमाण्डौं । आज सोमबार अपरान्ह काठमाडौंमा भारतद्वारा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि अतिक्रमणको विरोधमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै राष्ट्रिय झण्डासहित शान्तिपूर्ण प्रदर्शनको तयारीकै क्रममा काठमाडौंको खुशीबुस्थित विनायक पार्टी प्यालेस क्षेत्रबाट तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरुमा स्वाधीनता र राष्ट्रियताका पक्षधर दिनेश नेपाली र बबिता सार्कीसहित तीन जनालाई सोह्रखुट्टे वृत्तबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । निजहरुलाई कहाँ र कसरी राखिएको छ भन्नेबारे जानकारी आइसकेको छैन ।
शान्तिपूर्ण प्रदर्शनको आयोजना विप्लव नेतृत्वको नेकपानिकट जनवर्गीय संगठनहरुले गरेको जानकारी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline