मंसिर ३०, काठमाण्डौ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।
भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने र अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
भट्टराईको ५४ वर्षको उमेरमा गएराति निधन भएको हो । भट्टराईलाई हृदयघात भएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो । अस्पताल र्पुयाएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले ‘आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, यात्रा सहितका चलचित्रको निर्माण गर्नुभएको थियो ।
भट्टराई २०७५ साल चैत ४ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो ।