चितवन, ३० मंसिर ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्जुन जोगीको उपचारका क्रममा बिहान साढे ८ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
ना५ख ८७४३ नंको ट्रकका चालक हेटाँैडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चनसोही अर्को ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ र अर्का सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ ।
यस अघि मृतक चालकको नाम गलत परेको प्रहरीले जनाएको छ ।