उपत्यकासहित देशभर चिसो बढ्योः जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री

उपत्यकासहित देशभर चिसो बढ्योः जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

३० मंसिर, काठमाडौं । वर्षा र हिमपातपछि काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावले देशभरको तापक्रम घटेको छ ।

आज बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । बिहान तापक्रम घटे पनि दिउँसो उक्त क्षेत्रमा अधिकतम तापक्रम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ६ डिग्री मापन भएको छ । बिहान चिसिएको काठमाडौंको तापक्रम दिउँसो भने १५.७ डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । तापक्रम घटेकाले काठमाडौंमा बिहान चिसो महसुस भएको छ ।

विभागका अनुसार आज देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्नेछ ।

बुधबारबाट भने विद्यमान मौसमी प्रणालीमा सुधार आउने विभागको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ