कीर्तिपुरमा कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमा–छोराको मृत्यु

कीर्तिपुरमा कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमा–छोराको मृत्यु

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

३० मंसिर, काठमाडौं ।

काठमाडौंको कीर्तिपुरमा जाडो भएपछि कोठा न्यानो बनाउन भन्दै कोइला बालेर सुतेका दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको सुतेकै अवस्थामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो ।

कोठा थुनेर कोइला बालेकोले अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनु भयो ।

यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ । भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका उनीहरुलाई बिहान श्रीमान उठाउन जाँदा मृत अवस्थामा भेटेको डिएसपी कामतीले बताउनु भयो ।

उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा–छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।

बच्चालाई तेल लगाउन भन्दै आज बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ