सरकार दमन रोक, विप्लव जी वार्तामा आउनुस्ः पहाडी

सरकार दमन रोक, विप्लव जी वार्तामा आउनुस्ः पहाडी

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

मंसीर २९ वुटवल ।  मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाईवार्तामा आउन आग्रह गर्नु भएको छ ।

बुटवलमा मानवअधिकार तथा शान्ति समाज, रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विप्लव जी, परिस्थिीतिलाई बुझ्नोस् र शान्ति प्रक्रियामा आउनुस ।” उहाँले हिंसा अन्त्यका लागि नागरिकस्तरमा दबाब आवश्यक रहेको धारणा व्यक्त गर्दै सरकारले पनि दमनको नीति अख्तियार गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष सफल बनाउनसमेत हिंसाको अन्त्य अनिवार्य भएको उल्लेख गर्नुभयो ।

पहाडीले आवधिक निर्वाचन महङ्गो र खर्चिलो भएका कारण मुलुकमा भ्रष्टाचार बढेको बताउनुभयो । समाजका अध्यक्ष डिपी खनाल, उपाध्यक्ष गोविन्द खनाललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको दबाब आवश्यक भएकामा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ