अपाङ्गता समाजका काँडा होइन: कानूनमन्त्री भण्डारी

अपाङ्गता समाजका काँडा होइन: कानूनमन्त्री भण्डारी

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सुर्खेत, २९ मङ्सिर ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिनुभयो । “अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ ।”

मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकामा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्छ भन्नुभयो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गरिने बताउनुभयो ।
ल्याटर–डे सेन्ट च्यारिटिजका नेपाल देशीय निर्देशक ब्लेन वेन्डेन्बर्घेले अपाङ्गता भएका व्यक्तिको सेवाका लागि काम गरिँदै आएकामा यस वर्ष नेपालमा एक हजार ४०० ह्वीलचियर वितरण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका अध्यक्ष राकेश हमालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा पहुँच बढाउने कार्यक्रम अघि सारिएको बताउनुभयो । समाजका उपाध्यक्ष तथा ह्वीलचियर कार्यक्रका निर्देशक सुगम भट्टराईले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर नेपालका ६२ जिल्लामा १७ हजार ह्वीलचियर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार यतिबेला हुम्ला, मुगु र डोल्पाबाहेक कर्णालीका सात र प्रदेश नं ५ का प्यूठान, दाङ, बाँके र बर्दिया जिल्ला गरी ६२ अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार केसी, गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीलगायतका वक्ताहरुले समाजको अत्यन्तै हेपिएको अपाङ्गता भएका वर्गका क्षेत्रमा सबै सरकार संविधानतः काम गर्न सुझाव दिनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ