बिहे गरेको भोलिपल्टै पत्नीको हत्या, शव शौचालयको सेफ्टि ट्यांकीमा भेटियो

बिहे गरेको भोलिपल्टै पत्नीको हत्या, शव शौचालयको सेफ्टि ट्यांकीमा भेटियो

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, मंसिर २९ । धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् ।

गत मंसिर ९ गते धादिङ सिद्धलेक गाउँपालिका ३ का २३ वर्षीय अर्जुन थामा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए । मकवानपुरकी अनिशालाई बिहे गरेको भालिपल्टै हत्या गरी शौचालयको सेफ्टिक ट्यांकीमा लुकाएको खुलेको हो ।

शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्र बहादुर थापाले सघाएको प्रहरीको भनाइ छ । मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान घरमा नदेखेपछि अर्जुनलाई सोधखोज गरेका थिए ।

उनले माइतीघर गएको भनि टारेका थिए ।  केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जवाफ दिए ।

वरिपरि कसैको गाईगोरु नमरेको र अनिशाा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे ।

गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति नै घाँटी थिचेर हत्या गरेका हुन् । आजको कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ