बम विष्फोटमा घाईते प्रहरी निरीक्षक दाहालको शब काठमाण्डौं ल्याईयो

बम विष्फोटमा घाईते प्रहरी निरीक्षक दाहालको शब काठमाण्डौं ल्याईयो

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सुनसरी, मंसिर २८ । धनुषामा बम विस्फोट हुँदा ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शव काठमाडौं लगिएको छ ।

दाहालको शव परिवारलाई जिम्मा लगाउन नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

शनिबार दिउँसो धरानबाट शववहानमा राखेर शव विराटनगर विमानस्थल लगिएको थियो । त्यहाँबाट सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो ।

शुक्रबार राति क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरबजारस्थित राजेश्वर साहको घरमा राखिएको बम विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए ।

जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउनेक्रममा उनको बाटोमै मृत्यु भएको थियो । उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत् थिए ।

शनिबारै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाहालको शवको पोस्टमार्टम गरिएको थियो ।

संखुवासभाको मादी घर भएका प्रहरी निरीक्षक दाहाल पछिल्लो समय बसाइँ सरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका थिए । सो बम विस्फोटमा परी दाहालसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ