धनुषा बम विष्फोटः अनुसन्धानका लागि २ महिला सहित तीन जना पक्राउ

धनुषा बम विष्फोटः अनुसन्धानका लागि २ महिला सहित तीन जना पक्राउ

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जनकपुर २८ मसीर । धनुषाको महेन्द्रनगरमा गएराति तीन जनाको ज्यान जाने गरी भएको बम विष्फोटमा संलग्न रहेको आशकामा प्रहरीले दुई महिला सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएसगैं उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक भएको छैन ।
प्रहरीले अहिले घटनाको अनुसन्धान र संलग्नको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ