सिन्धुपाल्चोकमा हिमपातः डाँडाहरु हिउँले ढाकिए, जनजीवन प्रभावित

सिन्धुपाल्चोकमा हिमपातः डाँडाहरु हिउँले ढाकिए, जनजीवन प्रभावित

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

चौतारा, २८ मंसिर ।
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो ।

त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडा आसपासमा हिउँ परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

हिमपात शुरु भएपछि सिन्धुपाल्चोकमा चिसो बढेको छ । हल्का वर्षासहित हिमपात शुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा शेमार्थान, मेलम्ची घ्याङ, भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडालगायतका स्थान अहिले ढाकिएका छन् ।

हिउँ परेसँगै पर्यटकको पनि घुइँचो लागेको छ । चिसोका कारण वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, बालबालिका बढी प्रभावित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ