पूरानो नेपाली फिल्म ट्रक ड्राईभरमा एउटा गीत चर्चित थियो । सम्झना बिर्सना सलललल, झन झन बढ्यो तिर्सना सलललल….
२६ मंसीरमा प्रचण्डको जन्मदिन पारेर बाबुराम भट्टराईले एकै दिन दुई वटा प्रचण्डसगँको तस्वीर सार्वजनिक गरे । उनले २७ वर्ष पूरानो तस्वीर सार्वजनिक गर्दा प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् । भने अर्कोमा चाही सैन्य पोशाकमा मध्य पश्चिमका कुनै गाँउमा उनीहरुले जनताको बीचमा जनयुद्धका बेला खिचेको तस्वीर राखेर पोष्ट गरेका छन् ।
प्रचण्डसगँ राजनीतिक तथा सांगठनिक सम्बन्ध बिच्छेद गरेर नयाँ शक्ति हुदै अहिले उपेन्द्र यादवसगँ मिसिन पुगेका बाबुरामलाई प्रचण्डको सम्झना दिनमा दुई पटक सम्म आउनुले उही पूरानो चलचित्र ट्रक ड्राईभरको गीतले भने जस्तै सम्झना बिर्सना सलललल, झन झन बढ्यो तिर्सना सलललल,को याद पाठकहरुले गरेका छन् ।
राजनीतिक तथा भावनात्मक मायाको डोरीले उनीहरुलाई बाध्न नसके पनि तस्वीरले उनीहरुको सम्बन्धको ऐतिहासिकतालाई भने झल्काउछ ।
नेपालमा दश बर्ष लामो शसस्त्र जनयुद्ध र त्यसको नेतृत्व गर्ने प्रचण्ड पछि अर्को चर्चित नाम थियो डा. बाबुराम भट्टराई । भारतको जबाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारीधी गरेका भट्टराईलाई भारतको एजेट भन्दै कार्बाही गरे पछि र बाबुरामले प्रचण्ड दरबार परस्त भन्दै आरोप लगाए पछि दुवै नेताबीच खास गरी ६१ साल पछि युद्ध कालमै सम्बन्ध विग्रियो । तर पछि चुनवागं बैठकमा रुएर अंकमाल गर्दै उनीहरु एक भए र शान्ति सम्झौता र सविधान सभाको निर्वाचन सम्म एकाकार रहे । उनीहरु एकै खालको पोशाक लगाउने, काठमाण्डौं नयाँ बजारको एउटै घरमा तल्लो फ्लाटमा बाबुराम र माथिल्लो फल्याटमा प्रचण्ड बस्ने गर्थे ।
पछि प्रचण्ड लाजिम्पाट सरे भने बाबुराम झम्सीखेल । त्यससगैं उनीहरुको एकै खालको पोशाक पनि टुट्यो , विस्तारै राजनीतिक सागठनिक सम्बन्ध पनि टुटदै गएर अहिले प्रचण्ड ओलीसगँ र बाबुराम उपेन्द्र यादवसगँ मिल्न पुगेका छन् ।
२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड ६५ वर्ष पूरा भई ६६ वर्ष प्रवेश गरेका छन्।
भट्टराईले मध्यराति करिब १२ बजे फेसबुकमार्फत प्रचण्डलाई शुभकामना दिए। उनले प्रचण्ड र आफू साथै रहेको करिब २७ वर्ष पुरानो तस्बिरका साथै जन्मदिनको शुभकामना आफ्नो फेसबुक पेजमा पोस्ट गरे ।
जन्मदिनको हार्दिक शुभकामना क. प्रचण्ड ! भन्दै उनले तस्बिरको वर्णनमा लेखेका छन्। ’फोटो २०५० सालमा सम्पन्न तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय सम्मेलनमा शहीदहरूप्रति सम्मान प्रकट गर्दै)’

माओवादी परित्याग गरेपछि प्रचण्डका आलोचक बनेका भट्टराईलाई प्रचण्डको सम्झना दिनमा दुई पटक सम्म किन आईरहेको छ ? यो भने एकीन गर्न सकिने बिषय छैन ।
सशस्त्र युद्धकै क्रममा प्रचण्डबाट कारवाहीमा परेका बाबुरामलाई २०६२ कार्तिकमा भएको चुनवाङ बैठकमार्फत कारवाही फिर्ता गरेपछि पुन आफूहरु एक अर्काका परिपूरक भएको बताएका थिए।
३०६३ असारमा पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा एउटै पोशाकमा देखिएर दुवैजना एकगठ रहेको सन्देश दिन खोजेका थिए।

संविधान जारी भएलगत्तै भट्टराई तत्कालिन माओवादीबाट अलग्गिएका थिए ।
प्रचण्ड बाबुराम दुवैले आफ्नो जनयुद्धकालिन आदर्श, धरातल र सिद्धान्त लगभग छाडेको धेरै कार्यकर्ता र नेताहरुको बुझाई छ । यसै कारण बैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो । पछि त्यस भित्रबाट विप्लवले नयाँ पार्टी बनाएका छन् भने बादल समुह प्रचण्डसगैँ फर्किएर अहिले गृहमन्त्री बनेका छन् ।