मोटरसाइकल दुर्घटनामा परि नेकपाका नेता प्रकाश दाहालको मृत्यु, अर्का एक गम्भिर घाईते

मोटरसाइकल दुर्घटनामा परि नेकपाका नेता प्रकाश दाहालको मृत्यु, अर्का एक गम्भिर घाईते

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, २८ मंसिर ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सत्तारुढ नेकपाका युवा नेता प्रकाश दाहालको निधन भएको छ ।
पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा९२प ५१९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय दाहालको मृत्यु भएको हो ।

नेकपाको सुनकोसी गाउँपालिको सचिवालय सदस्य तथा वडा न.४ का सह–इन्चार्ज समेत रहेका दाहालको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही स्थानका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको छ । उनको पनि अवस्था गम्भीर रहेको र धुलिखेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ