कालापानीमा भारतीय सेनालाई टक्कर दिने नेपालको तयारी , तर कसरी ?

कालापानीमा भारतीय सेनालाई टक्कर दिने नेपालको तयारी , तर कसरी ?

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मंसिर २७ काठमाण्डौं । नेपालको कालापानी जहाँ झण्डै ६० बर्षदेखि भारतीय सेना ब्यारेक बनाएर बसेको छ । भारतीय दवावमा त्यतिखेर तात्कालीन राजा महेन्द्रले चीन भारत युद्धका बेला अस्थायी रुपमा बस्न दिएको भुभागबाट उनीहरुको युद्ध पछि पनि सेना फर्किएन ।
सोही भूभागलाई यस पटक भारतले आफ्नो राजनीतिक मानचित्रमा समावेश गरे पछि विवाद बढीरहेका बेला अब नेपालले पनि सो क्षेत्रमा सुरक्षाफौज परिचालन गर्ने तयारी शुरु गरेको छ ।
कुटनैतिक रुपमा पत्राचार गरे पनि भारतले कुनै पनि जवाफ नदिएका बेला सरकारका गृहमन्त्री राम बहादुर थापाले
ससदीय समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले कालापानीमा भारतीय सुरक्षाकर्मीलाई ‘काउन्टर’ दिन नेपालले पनि सुरक्षाकर्मी खटाउने बताएका छन् ।
भारतले उक्त स्थानमा सशस्त्र सीमा बल (एसएसबी) खटाउँदै आएकामा केही समययता सेना समेत तैनाथ गरेको उनले उल्लेख गरे ।

‘आफ्नो उपस्थितिलाई उनीहरुले अझ विस्तार गरिरहेका छन् । एसएसबीमात्रै होइन, आर्मी नै उनीहरुले त्यहाँ राखेका छन्’–गृहमन्त्री थापाले भने–‘त्यो डिटेल हामीसित छ ।’
उनले भने–‘उनीहरुले थुप्रै आउट पोस्टहरु पनि त्यहाँ राखेका छन् । त्यसको काउन्टरमा अब हामीले हाम्रा सुरक्षा बलहरुलाई त्यहाँ विन्यास गर्ने अहिले योजना बनाइएको छ ।’
गृहमन्त्री थापाले भारतसँगको १८ सय किलोमिटर लामो सीमा सुरक्षाका लागि हाल विद्यमान ३७ हजार सशस्त्र प्रहरी खटाउँदा पनि अपुग हुने भन्दै एक सय २ वटा बोर्डर अप्रेसन पोष्टमा ७० वटा जति थप्ने तयारी भएको जनाए ।
तर भारतले अझै अटेर गरेर भूमि फिर्ता नगरे के गर्ने भन्ने योजनाबारे भने मन्त्री थापाले केही बताएनन् ।
सिमा विवादबारे बिषय उठे पछि भारतले थप सेना र सुरक्षा बल थपेर नेपालमाथि थप चूनौती पेश गरीरहेको छ ।
बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विवादास्पद भूमि नेपालको भन्ने यथेस्ट प्रमाण रहेको बताए । छलफलमा सहभागी नेकपाका अर्का नेता भीम रावलले लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्न ढिलाइ गरिएकोप्रति प्रश्न गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ