-लि क्वीन छिगं
ब्रिटिहमा सन् २०१९ मा आम निर्वाचन भयो । हाम्रो शताब्दी निकै गतिमा परिवर्तन भईरहेको छ । एउटा युगको शक्तिशाली बेलायती साम्राज्य दुखदः अवस्थामा फर्किदैछ ब्रेक्जिटका कारण विश्वको ध्यानाकर्षित गर्दै । सन् २०१६ पछि ब्रेक्जिट जनमतसंग्रहको प्रहसन पछि थकाईलाग्दो लामो मन्चन पछि धेरै नागरिक अधीर र निराश भईसकेका छन् ।
के बेलायत परिवर्तन हुदैछ ? शायद हो । तर १९ औं शताव्दीको मध्यतिर पहिलो औद्योगिक क्रान्तिको नेतृत्व गर्दै बेलायत छिटो विश्वको नेता बन्यो । जसलाई तुलना गर्दा आजको अमेरीकाको विश्वव्यापी हैसियत सगँ मिल्छ । त्यतिखेरको बेलायत अझ प्रतिस्पर्धी थियो ।
यद्यपि, भिक्टोरियन उज्वल कालको तुलनामा आजको बेलायतले सैन्य शक्ति,राजनीतिक प्रणाली,अर्थतन्त्र र संस्कृतिमा नेतृत्व गर्न सक्दैन । बेलायती साम्राज्यमा घाम अस्ताउदैन भन्ने युग सकिएको छ । ब्रेक्जिट डिलले बेलायतलार्ई थप सर्र्पिल रुपमा तल घिसार्यो । ब्रेक्जिटले बेलायती राजनीतिक प्रणालीमा दोष देखाउछ । राजनीतिज्ञहरु व्यवस्थालाई सुरक्षित राख्नका लागि जनतामा शक्ति हस्तान्तरण गर्दछन् र राजनीतिक स्वार्थका लागि जनतामा पुग्दछन् । यसले ब्रेक्जिटलाई पूर्ण प्रहसन र दुविधा बनायो ।
१९ औं शताव्दीमा त्यतिबेला यूरोपले पिछडिएको एशियालाइ सभ्यताको विपरीत ठान्यो । तर २१ औं शताव्दीमा बेलायतको पतन एशियाको बृद्धिलाई प्रतिविम्वित गर्ने खालको छ । जसरी एशिया बृद्धि हुने वित्तिकै विश्वव्यापी सम्पत्ति र शक्ति महादेशमा स्थान्तरण गर्न केन्द्रीत हुनेछ ।
फाईनान्सियल टाईम्सले गत मार्चमा “ एशियाली शताव्दी शुरु हुन लागेको छ ू शीर्षकको लेख प्रकाशित गर्दै विश्वका तीस ठूला शहर मध्य २१ वटा एशियामा रहेको र एशियाको अर्थतन्त्र सन् २०२० सम्ममा बाकीँ विश्वको भन्दा ठूलो हुने र मानिसहरु पूर्वतिर हेरिरहेका छन् किन भने एशियाले आर्थिक प्रगतिमा उल्लेख्य गति देखाएको भनेर टिप्पणी गरिएको छ ।
हामीले यो अनिवार्य स्वीकार गर्नु पर्दछ कि बेलायतले पछिल्लो अवधिको औद्योगिक प्रविधि, व्यवस्थापन मोडेल र साझा कानुन प्रणाली जस्ता धेरै बहुमुल्य विरासतहरु छाड्यो ।
यसबीच, एउटा साम्राज्यले धेरै समस्याहरु छाडेको छ । जस्तै उदाहरणको लागि एशियाको धेरै सिमा समस्याहरु बेलायतको औपनिवेशिक काल जिम्मेवार छ । जस्तो कि चीन भारत सिमा विवाद,अफ्गानिस्तान पाकिस्तान सिमा विवाद आदि । यी समाधान नहुने समस्याहरुले अहिले पनि एशियाली देशहरुलाई सताईरहेका छन् । यी समस्याको समाधान गर्नु एशियाको भविष्यको कुन्जी कुरा हो ।
चीन र बाकीँ एशियाली देशहरुले ऐतिहासिक अवसरलाई पकड्नु पर्दछ साथै आफ्नै विकासमा केन्द्रीत हुनु पर्दछ र विश्वलाई अझ ठूलो कुरा भन्न दिनु पर्छ । जब एशियाली देशहरुले पश्चिमालाई पछ्याउन छाड्दछन् तब साच्चिकै एशियाली शताव्दी शुरु हुनेछ ।
चीन एशियाको महत्वपूर्ण र तीव्र वृद्धि भईरहेको देश हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा चीनले नयाँ एशियाली प्रणाली निर्माण गर्न र भविष्यमा शान्ति र स्थीरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने छ ।
ग्लोबल टाईम्सबाट
।