सीमा विवाद रातारात समाधान हुँदैनः गृहमन्त्री थापा

सीमा विवाद रातारात समाधान हुँदैनः गृहमन्त्री थापा

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, मंसिर २७ ।
दशकौं पहिलेको नेपाल–भारत सीमा समस्या रातारात समाधान गर्न नसकिने गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ ।

प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा आज भएको छलफलमा गृहमन्त्री थापाले भारतले दसकौं पहिले नेपाली भूभाग मिचेको र त्यो फिर्ता ल्याउन समय लाग्ने बताउनु भएको हो । गृहमन्त्री थापाले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउनेबारे सरकारले गम्भीर कदम चालिरहेको बताउनु भयो ।

दसकौं हल नभएको मुद्दा रातारात हल नहुन भन्दै उहाँले सरकारी र अन्य तहबाट गम्भीर रूपमा भूमि फिर्ता ल्याउन अभियान चाल्नुपर्ने बताउनु भयो । समितिको छलफलमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतले सीमा मिचेकोबारे त्यतिबेलाका सरकारहरूले के प्रतिक्रिया दिएका थिए भन्ने प्रश्न गर्नु भएको थियो ।

त्यसको जवाफ दिदै गृहमन्त्रीले विगतका सरकारले औपचारिक अडान नछोडेको र राज महेन्द्रले पनि कालापानीको विषयमा पनि अडान राखेको बताउनुभयो । भारतले नेपालको उत्तरी सीमानामा राखेका १८ सुरक्षा चौकी मध्ये १७ हटाएका थिए भने एउटा हटाउन नसकेको बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्ने तमाम प्रमाण सरकारसँग रहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । लिम्पियाधुरामा नेपालको स्वामित्व र सार्वभौमिकता कायम गर्न बाँकी रहेको उहाँको भनाई थियो । सीमाबारे अध्ययनका लागि सरकारले गरेका समितिले छिट्टै काम थाल्ने गृहमन्त्रीको भनाइ थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ