हिमपात र वर्षासँगै देशैभर चिसो बढ्योः डोल्पामा परीक्षा नै प्रभावित, काठमाडौमा साझ मेघ गर्जनसहित पानी पर्ने

हिमपात र वर्षासँगै देशैभर चिसो बढ्योः डोल्पामा परीक्षा नै प्रभावित, काठमाडौमा साझ मेघ गर्जनसहित पानी पर्ने

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, मंसिर २७ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका लगायत देशैभरको जनजीवन प्रभावित भएको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा पानी परेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का पानी परिरहको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहानैबाट हल्का पानी परेतापनि साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने जानकारी दिएको छ ।

भोली शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ । यसपालिको पश्चिमी वायुको प्रणाली बलियो भएकाले अत्यधिक चिसो हुने छ । भोली साँझदेखि भने यसको प्रभाव घट्दै जानेछ ।
तर आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

यसैबीच हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा परिक्षार्थीहरु समस्यामा परेका हुन् ।यस्तै चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासीले बताएका छन् ।

उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यस्तै आज बिहानैदेखि रुकुम पश्चिम र रुकुम पुर्व दुवै जिल्लामा पानी परिरहेको छ । भारी बर्षाले ह्वात्तै चिसो बढाएको छ । बढेको चिसोले जनजीवन कष्टकर बनेपनी पानी परेकोमा अन्नबाली सप्रने आसमा कृषकहरु खुसी भएका छन् ।

गत सालको तुलनामा यसवर्ष समयमै पानी परेकोले किसानहरू अन्नबाली सप्रने आसमा खुसी भएका छन् । किसानले लगाएका गहुँबाली, तोरी, फापर, केराउ लगायतका अन्नबाली सप्रने आशा गरिएको छ ।

रुकुम पश्चिम र रुकुम पुर्वमा प्रयाप्त सिचाइको सुविधा नहुँदा किसानहरु आकासे पानीको भर पर्नु परेको छ । पानी परिरहेका कारण स्कुल, शिक्षण सस्था, अस्पताल, बसपार्क, बजार, लगायतका सार्वजनिक स्थानमा सर्वसाधारणहरुको चहलपहल कम भएको छ ।

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ