मंसिर २७, काठमाडौँ ।
मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ ।
कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बिद्यार्थी र शिक्षक चडेको बा ५ख ४२८६ नम्बरको बस आज सडकमै पल्टेको हो ।
दुर्घटनामा २२ जना घाइते भएका छन्। जसमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो।
घाईते २० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारीमा र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline