बोरीस जोनसेन बहुमत सहित पुनः बेलायती प्रधानमन्त्री हुन सक्ने   

बोरीस जोनसेन बहुमत सहित पुनः बेलायती प्रधानमन्त्री हुन सक्ने   

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

मंसिर २७ लण्डन । बेलायतमा बिहीबार भएको संसदको निर्वाचनबारेमा भएको एक्जिट पोलमा फेरि पनि कन्जरभेटिव पार्टी सत्तामा जाने पूर्वानुमान गरिएको छ । बिहीबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान भएको थियो । मतदान सम्पन्न भएपछि बीबीसी, स्काई र आईटीबीले एक्जिट पोल जारी गरेका हुन् ।
यो एक्जिट पोलले अहिलेका प्रधानमन्त्री बोरिस जोहन्सनको कन्जरभेटिव पार्टीलाई नै पूर्ण बहुमत आउने देखिएको छ ।

एक्जिट पोलका अनुसार ६५० संसदको सिटमा कन्जरभेटिव पार्टीलाई ३६८, लेबर पार्टीलाई १९१, लिबरल डेमोक्र्याट्सलाई १३, एसएनपीलाई ५५ प्राप्त हुने पूर्वानुमान छ । ब्रेक्जिट पार्टीले भने एक सिट पनि नजित्ने पूर्वानुमान गरिएको छ । कन्जरभेटिव पार्टीलाई २०१७ को चुनावको तुलनामा ५० सिट बढी आउने आकलन गरिएको छ । सरकार बनाउनको लागि कुनै पनि पार्टीलाई ३२६ सांसदको समर्थन जरुरी हुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ