पौडेलद्धारा बैठक बहिष्कार, देउवाले राखे विभागहरुको प्रस्ताव

पौडेलद्धारा बैठक बहिष्कार, देउवाले राखे विभागहरुको प्रस्ताव

  • बिहिबार, मंसिर २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरु बढाउन लागेको, १४औं महाधिवेशनको कार्यतालिकाको प्रस्ताव ल्याउन तयार नभएको भन्दै बैठक बहिस्कार गरेको जनाइएको छ ।

बैठक बस्नुअघि भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापनपक्ष महाधिवेशन सार्ने पक्षमा देखिएपछि असन्तुष्ट नेताहरुले बैठक बहिस्कार गरेको बुझिएको छ ।

बहिस्कारकाबीच सुरु भएको बैठकमा सभापति देउवाले केन्द्रीय विभाग बढाउने प्रस्ताव गरेको जनाइएको छ ।

कांग्रेसको विद्यमान विधानमा २८ ओटा केन्द्रीय विभाग रहने व्यवस्था भएपनि देउवाले त्यसमा १७ ओटा विभाग थपेर ४७ ओटा पुर्‍याउने प्रस्ताव गरेको जनाइएको छ ।

यस्तै, सभापति देउवाले बैठकमा अरु ९ ओटा एजेन्डा पनि प्रस्तुत गरेको र आउँदो पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको विषयमा छलफल भएको जनाइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ