किराँतले उधौली र नेवार समुदायले योमरी पुन्हि पर्व मनाउँदै

किराँतले उधौली र नेवार समुदायले योमरी पुन्हि पर्व मनाउँदै

  • बिहिबार, मंसिर २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

काठमाडौं, मंसिर २६ ।
आज मार्ग शुक्ल पूर्णिमा । विभिन्न समुदायका व्यक्तिहरुले आजको दिनलाई फरक–फरक नाममा चाडको रुपमा मनाउँदैछन् । आजको दिनलाई किराँत समुदायले उधौली पर्वको रुपमा मनाउँदै भने नेवारी समुदायले योमरी पूर्णिमा (ज्यापु दिवस) मनाउँदै छन् ।

किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । भूमिपूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने गर्दछन् ।

यसैगरी खस–आर्य समुदायमा मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसको पीठाबाट सेल, मालपुवा बनाएर चढाउने परम्परा छ ।

यता नेवार समुदायले आज योमरी पूर्णिमा (ज्यापु दिवस) हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

यसैबीच आज उधौली पर्व र योमरी पुन्ही भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्हीको दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो ।

यद्यपी उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने आज बिदा दिइएको छ । उधौली पर्व मनाइने प्रदेश १ सहित केही पालिकाहरुले पनि आज बिदा दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ