प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ढेडु, स्याल लेखे पछि……….

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ढेडु, स्याल लेखे पछि……….

  • बुधबार, मंसिर २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

मंसिर २५ काठमाण्डौं । मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पूर्व एमालेका पत्रकार सूर्य थापाले कान्तिपुर दैनिकका पत्रकार गंगा बिसीले लेखेको ओली दाहाल एकत्व शीर्षकको लेख ईकान्तिपुरबाट लेखको केही अनुच्छेद सहित लिंक शेयर गरे ।
त्यस पछि थापाले यस्तो आर्टिकल शेयर भएको बिषयमा सामाजिक सञ्जालहरुमा कार्यकर्ताहरुकाबीचमा जुहारी चल्दै गयो ।

थापाले फेरी अर्को स्टाटस लेखेर उक्त लेख शेयर गरेको आफ्नो स्टाटस नभएको भन्दै त्यति कुरा पनि बुझ्न नसक्ने ढेँडु, स्याल जस्ता शब्द प्रयोग गरेर अर्को स्टाटस लेखे पछि फेरी अर्को जुहारी शुरु भएको छ । मंगलवारै बिहान फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना आलोचकहरूलाई ‘ढेडु’को संज्ञा दिएका हुन् । ‘मेरो स्टाटस हो कि, अरूको लेख सेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू ? छि: छि: ! मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?’

उनको स्टाटसमा प्रयोग भएको भाषा शैली प्रति विरोध जनाउदै दुई पार्टी एक भए पछि युवा सघको अध्यक्ष बनेका राम प्रसाद सापकोटा दिपशिखाले नाम उल्लेख नगरि थापालाइ लक्षित गर्दै स्टाटस लेखे तिम्रो भाषा शैली हेर्दा कक्षा ३ मा भर्ना गरेर नैतिक शिक्षा पढाउनु पर्ने देखियो भनेर लेखे पछि एकले अर्काको उछितो काढ्न ब्यस्त देखिन्छन् पूर्व एमाले र पूर्व माओवादी पक्षका कार्यकर्ताहरु । २०७५ सालको जेठमा दुई ठूला कम्युनिस्ट पार्टीको एकता भयो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन नेकपा एमालेको एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । जसले अहिले सरकारकाे नेतृत्वसमेत गरिरहेकेा छ ।

तर यो पार्टी एकता भए पनि मन र भावनाको एकता हुन नसकेको हो ? वा अरु केही ? जिम्मेवार व्यक्तिहरु नै एक अर्कोलाई सत्तोसराप गर्न किन उत्रिरहेका छन् ।
गगा बिसीले उक्त लेख मार्फत ओलीसगँ एकता नगरेको भए प्रचण्ड सानो झुण्डको नेता मात्र बन्थे भनेर उल्लेख गरेका छन् ।

सूर्य थापा र रामप्रसाद सापकाेटाका स्टासट हेर्नुस् जस्ताकाे तस्तै

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ